जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार भने बढ्यो

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार भने बढ्यो

काठमाडौं। शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६३ अङ्कले बढेर दुई हजार पाँच सय ८६ दशमलव २३ विन्दुमा पुगेको छ ।

आज बैंक, लगानी, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे दुई प्रतिशत अर्थात् एक सय २४ अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने पाँच प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो साढे तीन अर्बको शेयर कारोबार भएकोमा आज तीन सय १५ वटा कम्पनीका एक करोड ८६ हजार कित्ता शेयर चार अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका