जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा भीषण डढेलोः ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

अमेरिकामा भीषण डढेलोः ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

क्यालिफोर्निया। चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ।

अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ। १३ हजार भवन अहिले खतरामा छन्।

लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन्। एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट भर्खरै आगलागी सुरु भएको छ।

विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ। ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका