जोडिनुहोस

अन्तर्राष्ट्रिय

चीनमा फेरि अर्को भूकम्प

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, असार २२, २०८३
चीनमा फेरि अर्को भूकम्प

काठमाडौं। चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर–पश्चिमी भूभागस्थित चिङ्‍घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ ।

तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन । मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । यो भूकम्पमा १८८ जनाघा इते भएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका