जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आइतबारको विदेशी मुद्राको विनियम दर

यस्तो छ आइतबारको विदेशी मुद्राको विनियम दर

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ७० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ९५ पैसा र बिक्रीदर ८७ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८३ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६१ पैसा र बिक्रीदर १२ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्री दर १९ रुपियाँ ४३ पैसा तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका