जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले पठाएका आप्रवासी कोलम्बियाले स्वागत गर्ने, बदलामा ट्रम्पले कर हटाउने

अमेरिकाले पठाएका आप्रवासी कोलम्बियाले स्वागत गर्ने, बदलामा ट्रम्पले कर हटाउने

काठमाडौं। अमेरिकाबाट आप्रवासीलाई सैन्य विमान मार्फत् कोलम्बिया पठाउने निर्णयमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सहमति जनाएपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशासन सम्पूर्ण आयातित वस्तुमा कर लगाउने घोषणाबाट पछि हटेको छ । ट्रम्प प्रशासन कोलम्बियालाई २५ प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेको ह्वाइट हाउसले जानकारी दिएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले आप्रवासीलाई सम्मानका साथै फिर्ता पठाउने निर्णय गरेपछि आफूहरूले सैन्य विमानलाई अवतरण गर्न अनुमति दिने र आप्रवासीलाई स्वीकार गर्ने निर्णय गरेको कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टोले जनाएका छन् ।

यसअघि आप्रवासी बोकेको दुई वटा अमेरिकी सैन्य विमानलाई कोलम्बियाले फिर्ता पठाएपछि राष्ट्रपति डनल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर र सरकारी निकायका व्यक्तित्वमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । जवाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकी आयातित वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर, घोषणाको केही बेरमै दुवै पक्षबीच सहमति जुटेपछि कोलम्बियाले यू–टर्न लिएको बीबीसीले जनाएको छ ।

निर्वासन गरिने नागरिकहरू अपराधी नभएको जिकिर गर्दै पेट्रोले ती नागरिकलाई सैन्य विमान मार्फत् पठाउन नहुने भन्दै उक्त विमानलाई फिर्ता पठाउने निर्देशन दिएका थिए । उनका अनुसार ती नागरिकलाई सैन्यभन्दा पनि नागरिक विमान मार्फत् अमेरिकाले फिर्ता पठाउनु पर्ने कोलम्बियाका राष्ट्रपति पेट्रोको भनाइ थियो । त्यसलगत्तै दुवै मुलुकबीच विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रियामा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत् तत्काल र निर्णायक प्रतिशोधात्मक उपाय घोषणा गर्दै कोलम्बियाली सरकारी अधिकारी, सहयोगी र समर्थकमाथि यात्रा प्रतिबन्धदेखि उनीहरूको तत्काल भिसा खारेज गर्न घोषणा गरेका थिए । कोलम्बियाबाट अमेरिकाले २० प्रतिशत कफी अयात गर्ने गर्दछ भने करिब २ अर्ब बराबरको केरन, क्रुड ओएल, एभाकाडो र फूल समेत आयात गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका