जोडिनुहोस
  • होमपेज
  • आइतबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आइतबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं। सुनको भाउ आज स्थिर रहेको छ । शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज आइतवार यथावत् रहेके हो।

आज अस्ति शुक्रवारकै मूल्य अर्थात् तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलाको एक हजार नौ सय १० रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका