जोडिनुहोस
  • होमपेज
  • ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजितः राष्ट्रसंघका महासचिवले गरे विरोध

ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजितः राष्ट्रसंघका महासचिवले गरे विरोध

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा नियन्त्रणमा लिने प्रस्ताव गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले यसलाई अस्वीकार गरेका छन्।

आदिवासीलाई सफाया गर्ने कुनै पनि योजनामा राष्ट्र सङ्घ सरिक नहुने उनले बताएका छन्। उनले घुमाउरो भाषामा ट्रम्पको प्रस्तावको विरोध गरेका हुन्।

ट्रम्पको यो प्रस्तावले विश्व विभाजित हुने संकेत देखिएको छ। अमेरिकाको निकटस्थ देशले समेत ट्रम्पको यो प्रस्तावमा असहमति जनाएका छन्। बेलायतले प्यालेस्टाइनी आफ्नो भूमिमा बस्न पाउनुपर्ने बताउँदै आएको छ। इजिप्टले त्यहाँका मानिसलाई निकाला नगरेर गाजालाई फेरि विकास गर्नुपर्ने बताएको छ।

साउदी अरेबियाले प्यालेस्टाइनीलाई विस्थापित गर्ने योजनामा असहमति जनाएको छ।

जर्मनीले ट्रम्पको प्रस्तावले घृणा उत्पन्न गराएको बताएको छ भने फ्रान्सले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। इजरायलकै अति दक्षिणपन्थीले भने यस प्रस्तावको पक्षमा वकालत गरेका छन्।

अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले भने राष्ट्रपति ट्रम्पले गाजा खाली गराउनका लागि सबै विकल्पको अध्ययन गरिसकेको बताएका छन्।

यसैगरी, अमेरिकी विदेशमन्त्री मार्क रुवियोले ट्रम्पको गाजा खाली गर्ने योजना बन्दी रिहाइसँग जोडेर हेर्न नहुने कुरामा जोड दिएका छन्।

अर्थमन्त्री बेजालेल स्मोटरेचले हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको यो नै सही जवाफ भएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका