जोडिनुहोस
  • होमपेज
  • युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

अन्तर्राष्ट्रिय

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, साउन २४, २०८३
युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड)को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्।

फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरहेको आरोप लगाएका हुन्। उनले विदेशमन्त्री मार्क रुबियोमार्फत केही सही स्थानमा खर्च गर्ने बताए।

ट्रम्पले आफूले चयन गरेको व्यक्ति सही भएको बताउँदै कुनै गलत कुरा स्वीकार गर्न नसक्ने बताएका छन्। उनले एलन मस्क महान् भएको बताउँदै उनीबाट ठुलो सहयोग पाएको दाबी गरेका छन्।

ट्रम्पले युएसएडका हजारौँ कर्मचारीलाई बिदामा राख्ने निर्णय गरे पनि अदालतले शुक्रबार नै त्यसमा रोक लगाइ सकेको छ।

युएसएडका २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्।

अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका