जोडिनुहोस
  • होमपेज
  • दशैको मुखमा बजारमा खाने तेल (सुर्यमुखी तेल)को भाउ महंगियो, कार्टुनमै झण्डै २०० रुपैयाले बढ्यो

दशैको मुखमा बजारमा खाने तेल (सुर्यमुखी तेल)को भाउ महंगियो, कार्टुनमै झण्डै २०० रुपैयाले बढ्यो

काठमाडौं। एकातिर केहि दिन यता मुग्लिन सडकखण्ड अवरुद् तथा नजिकिदै गरेको नेपालीहरुको महान चाड दशै पर्वको मौका छोपी बजारमा खाने तेल (सुर्यमुखीको तेल) को मूल्य कार्टुनमै रु २००  बढाईएको छ । तेलको मूल्य १०/१५ दिन अघि २२०० थियो भने हिजो आज मात्रै २४०० पुगेको छ । जसले गर्दा उभोक्तालाई प्रतिलिटरमा झण्डै २०/३० रुपैया महंगो पर्ने भएको छ ।  भर्खैरै भएको जेनजीको आन्दोलनले देश अस्तव्यस्त भएको  तथा चाडपर्वको मौका छोपी सरकारी निकाय स्थिर रहेको मौका छोपी उद्योगीहरुले  मनोमानी ढंगले यसरी  मूल्य निर्धारण गर्दा खाने तेलसँगै अन्य खाद्य बस्तुको मूल्य समेत बढेर उपभोक्तालाई मर्का भने अवश्य पर्नेछ । यस सम्बन्धमा वाणिज्य विभागका सुचना अधिकारी भरत आचार्यसंग बुझ्दा त्यस्तो मूल्य बृद्धि भएको कुनै पनि जानकारी प्राप्त नभएको र यदि त्यसो हो भने अनुगमन पठाएर आवश्यक कारवाही गरिने समेत बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका