जोडिनुहोस
  • होमपेज
  • ओखलढुंगामा वृद्ध राई दम्पत्ती हत्या तथा विभिन्न लुटपाटमा संलग्न व्यक्ति काठमाण्डौमा पक्राउ

ओखलढुंगामा वृद्ध राई दम्पत्ती हत्या तथा विभिन्न लुटपाटमा संलग्न व्यक्ति काठमाण्डौमा पक्राउ

माघ १२ गते ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा अन्दाजी वर्ष ७४ को चन्द्र बिक्रम राई   र निजको श्रीमती अन्दाजी वर्ष ८० की चन्द्र माया राई  मृत अवस्थामा भेटिए पश्चात्  घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको अनुसन्धान टोलीले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्दा उक्त घटना घटाउन सक्ने शंकित व्यक्ति जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नं १५, डल्लु एरियामा लुकिछिपी बसेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट टोली काठमाडौं खटी आई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोसंग (CIB) आवश्यक समन्वय गरी घटनामा संलग्न ओखलढुङ्गा चिशंखुगढी- ६ वर्ष ३४ का धन बहादुर राना मगर र १७ वर्षिय बालक १ जनालाई मिति २०८२।१०।२३ गते काठमाडौं महानगरपालिका, वडा नं १५, डल्लु, लखतीर्थ मार्ग स्थित अभियुक्तहरूको डेराकोठाबाट पक्राउ गरेको छ ।

अभियुक्तले  काभ्रेपलाञ्चोक जिल्ला पनौती  न.पा. वडा नं. ४ पशुपतिटोल स्थित आफन्तको डेराकोठामा लुकाई राखेको मोवाईल, Recharge cards, नगद र सुन जस्तो देखिने पहेलो धातु समेत  बरामद गरेको छ ।

साथै पक्राउ प्रतिवादीहरुलाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी शिर्षक मुद्दामा  जिल्ला अदालत ओखलढुङ्गाबाट म्याद लिई थप अनुसन्धान भईरहेको भन्ने बुझिन आएको छ ।

WhatsApp Image 2026 02 08 at 16.21.04 WhatsApp Image 2026 02 08 at 16.21.05

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका