
हिजो कैलालीको खक्रौला नाकामा सामान बरामद गरेको बिषयलाई लिएर केहि युवाहरु सशस्त्र प्रहरी वलको विओपी भित्रै पुगी हातपात गरेको भिडियो यत्रतत्र भाईरल भएको छ । यसरी ऐन कानून नीती नियमलाई कुल्चिदै प्रहरीकै कार्यालयभित्र गुण्डागर्दी शैलीमा घुसेर प्रहरीको मु्ख्य कमाण्डरमाथि नै हातपात हुन्छ भने आम सर्वसाधारणले आफ्नो सुरक्षाको प्रत्याभुति कसरी गर्ने !
यदि डिएसपीले कानून विपरित कार्य गरेको भएता पनि सुनुवाई हुने विभिन्न निकायहरु छन् त्यहा उजुर गर्नु पर्नेमा यसरी जंगली शैलीमा व्यारेक भित्रै घुसेर कमाण्डरमाथि नै हातपात गर्न खोज्नु सुनियोजित षडयन्त्र वा चरम अराजकको पराकाष्ठा हो । यस्ता गतिविधीलाई प्रश्रय दिन थालियो भने देशको राजयसंयन्त्र दिन दिनै कमजोर हुँदै जानेछ ।
बाँकेको नेपालगञ्ज निवासी प्रदिप पौडेल संगठनमा एक इमान्दार, कोही कसैलाइ तुच्छ तथा भेदभावपूर्ण व्यवहार नगर्ने, आफुलाई दिईएको जिम्मेवारी तदारुकताकासाथ पुरा गर्ने, चाप्लुसी गर्न नजान्ने र कुनै चार चौध तथा लप्फन छप्फन नगर्ने सोझा छवी भएका अधिकृत भनेर चिनिन्छन् । यहि सोझोपनको फाईदा उठाउदै हिजोको यो घटना भएको हुनु पर्दछ ।
घटनाको सुक्ष्म तवरमा छानविन गरेर दोषी जोसुकै होस कडाभन्दा कडा कारवाही हुनैपर्छ । ता कि भोलीका दिनहरुमा यस प्रकारका शान्ति सुरक्षामा खलल पुर्याउने घटनाहरु पुनः नदोहोरिउन् ।






































