
काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो । दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी खटिएको छ ।






































