जोडिनुहोस
  • होमपेज
  • अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

स्वास्थ्य/जीवनशैली

अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

  • Sanchar NP
  • सोमवार, भदौ ३१, २०८१
अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

रौतहट। रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ।

बौधिमाई–४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मङ्गलबार बिहान मृत्यु भएको हो। बौधीमाई नगरपालिका ४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो।

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगञ्ज रिफर गरिएको थियो। वीरगञ्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन्। थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगञ्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले पनि अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन्।

नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर शिशुलाई थप उपचारका लागि वीरगञ्ज पठाएको थियो। तर एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो।

बौधीमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका