जोडिनुहोस
  • होमपेज
  • विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोली आज राति क्यानडा जाँदैछ । क्यानडा भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

क्यानडामा नेपालले भदौ ३१ गते र असोज ६ गते घरेलु टोलीसँग खेल्नेछ । यस्तै नेपालले असोज २ गते र असोज ८ गते ओमानसँग खेल्नेछ । यो शृङ्खलापछि क्यानडा, नेपाल र ओमानबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ । टी–२० शृङ्खलामा नेपालले असोज १२ गते र असोज १५ गते क्यानडासँग तथा असोज १३ र असोज १६ गते ओमानसँग खेल्नेछ ।

यसपछि नेपालले आउँदो अक्टोबरमा अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नेछ । यो शृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो शृङ्खलापछि अमेरिका, नेपाल र स्कटल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

nepali team3 pic1 bY7om89K9g 459061534 945935427562838 7516120296216448686 n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका