
जुम्लाका ८ बर्षीय एक बालक सफल के.सी.ले फुटबलमा राम्रो सम्भावना देखाएपछि जुम्ला पुगेका अखिल नेपाल फुटवल संघ एन्फाका सदस्य मनिष जोशीले बालकको फुटवलप्रतिको रुचि र क्षमता हेरेर काठमाण्डौ ल्याएर आएका हुन् । जोशी फिफा फर स्कुल कार्यक्रमका लागि जुम्ला पुगेका थिए । जोशीले आफ्नै खर्चमा बालकको अध्ययनका साथै खानपान र बसाईको जिम्मा लिएका छन् । अव उनको अध्ययन तथा बसाई काठमाडौंको डिभाइन स्कुलमा हुनेछ । जस्का लागि एन्फा सदस्य जोशी, सफल केसीका परिवार र स्कुलबीच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
डिभाइन स्कूलले पनि सफल जस्ता फुटबलमा सपना देख्नेहरूलाई समर्थन गर्ने र उनी मैदान र कक्षाकोठा दुवैमा चम्कन सकून भन्ने उद्देश्य लिएको बताएको छ । उत्कृष्ट प्रतिभा फेला पारेर उनको जीवनको अगाडिको यात्राको जिम्मेवारी लिएकोमा स्कुल र परिवारले एन्फा सदस्य जोशीप्रति आभार व्यक्त गरेको छन् ।







































