जोडिनुहोस
  • होमपेज
  • हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

स्वास्थ्य/जीवनशैली

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शनिबार, भदौ २०, २०८३
हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौं। हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताए ।

‘साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ’, उनले भने, ‘त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।’

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका