
काठमाडौं। नेपाल प्रिमियर लिगको फ्रेन्चाइज क्लब काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ। काठमाडौंमा आगामी मंसिर पुषमा हुने पहिलो संस्करणको लिगको लागि डच खेलाडीलाई अनबुन्ध गरेको हो।
आफू काठमाडौंमा अनुबन्ध भएपछि माइकलले खुसी लागेको बताएका छन् । २१ वर्षे माइकलले नेदरल्यान्ड्सका लागि १७ टी–ट्वेन्टी आई खेलेका छन् भने ८ एक दिवसीय पनि खेलेका छन् । उनले यही वर्षको फेब्रुअरीमा नेपालको कीर्तिपुर क्रिकेट मैदानमा नै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन्।
उनले अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा भने खास प्रदर्शन गर्न सकेनन् । उनले नामिबियाविरुद्ध त्रिवि मैदानका एक सय ३५ रन बनाएका थिए । त्यो नै उनले बनाएको एक मात्र शतक हो ।
करण केसी मार्की रहेको काठमाडौंले अनुबन्ध गरेको लेविट नै पहिलो विदेशी खेलाडी हुन्। दायाँ हाते अलराउन्डर लेविट फास्ट बलिङ पनि गर्छन् ।
उनले टी–२० आईमा पाँच सय ५० रन बनाउनुका साथै दुई विकेट लिएका छन्। अक्सनमा कमजोर देखिएको काठमाडौंले साहब आलम, भीम सार्की, राशिद खान, दिपेश कँडेल लगायत खेलाडी पाएको थियो।





































