जोडिनुहोस
  • होमपेज
  • सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड?

स्वास्थ्य/जीवनशैली

सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड?

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, अशोज १९, २०८३
सिटामोलको अभाव भएको हो?, के भन्छ औषधि लिमिटेड?

काठमाडौं। नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ।

देशभर डेङ्गुको सङ्क्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।

नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले भने, ‘हामीसँग सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ।’

उनका अनुसार डेङ्गु सङ्क्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन्। सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ।

यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो। सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका