जोडिनुहोस
  • होमपेज
  • राखेपका पूर्वसदस्य सचिव राणाको निधन

राखेपका पूर्वसदस्य सचिव राणाको निधन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलीसहित दाहसंस्कार भएको छ । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।

२०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिव थिए । नेपाल व्याडमिन्टन संघको सस्थापक अध्यक्ष उनी अहिले आजीवन मानर्थ अध्यक्ष रहेको भएको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

राणाको निधन प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका