जोडिनुहोस
  • होमपेज
  • उसुको थाउलो विश्वकपमा विजयलाई कांस्य पदक

उसुको थाउलो विश्वकपमा विजयलाई कांस्य पदक

काठमाडौं। जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ। थाउलोको पुरुष जेन्सु विधामा नेपालका विजय सिंजालीले ऐतिहासिक कांस्य पदक जित्न सफल भएका हुन्।

उनले आइतबार बिहान सम्पन्न प्रतिस्पर्धामा ९ दशमलब ६३६ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन्। सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण तथा जापानका मोटो योसीले रजत पदक जिते।

विजय अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिता चीनमा कांस्य पदक जितेका खेलाडी पनि हुन्। १३औं सागमा स्वर्ण पदक र १०औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका उनले रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका