जोडिनुहोस

आर्थिक

९.१९ अङ्कले घट्यो नेप्से

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, साउन २६, २०८३
९.१९ अङ्कले घट्यो नेप्से

काठमाडौं। हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९.१९ अङ्कले घटेर दुई हजार ६ सय १७ दशमलव ९५ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नेपाल एसबीआई बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २० वटा कम्पनीका एक करोड ११ लाख कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका