जोडिनुहोस
  • होमपेज
  • साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा

साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा

राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।

यो जित सँगै नेपालले सेमिफाइनलमा भारतलाई नै किन प्रतिद्वन्द्वीको रूपमा लिन चाह्यो भन्ने कुरा प्रमाणित गरेको छ।भारतसँग लगातार चार फाइनल र एक सेमिफाइनलमा पराजित भए पनि गत वर्ष रङ्गशालामा नै भएको छैटौँ संस्करणको साफ सेमिफाइनलमा नेपालले रश्मि कुमारी घिसिङको गोलको मदतले भारतलाई पहिलो पटक साफमा फाइनलमा प्रवेश गरेको थियो।

त्यो जितको मनोबल र हाल बाङ्ग्लादेशले महिला फुटबलमा गरिरहेको प्रगति पछि नेपालले सेमिफाइनलमा भारतसँग खेल्न सहज महसुस गर्दै लिग चरणमा श्रीलङ्का विरुद्ध आवश्यक ६ गोल गरेर बाङ्ग्लादेश सँगको भेट पन्छाएको थियो।

दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।

प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्‍याएकी थिइन्। त्यसअघि भारतले ७२ औँमिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो।

यसअघि माल्दिभ्सलाई ११–० गोलको भारी अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनलमा पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका