जोडिनुहोस
  • होमपेज
  • एनपीएलः इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिनले चितवन राइनोजबाट खेल्ने

एनपीएलः इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिनले चितवन राइनोजबाट खेल्ने

काठमाडौं। नेपाल प्रिमियर लिग क्लब चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । चितवनले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडीसमेत हुन् ।

गत जनवरीमा भएको अन्डर नाइन्टिन विश्वकपमा १९ वर्षीय बेनकेन्स्टाईन इंग्ल्यान्ड उपकप्तान थिए । सिनियर अन्तर्राष्ट्रिय डेब्यू नगरेको भए पनि उनी ब्याटिङ र बलिङ दुवैमा निपुर्ण मानिन्छन् । उनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटम कीर्तिमान बनाएका थिए ।

सन् २०२२ मा ग्वादर शार्क्स पाकिस्तान सुपर लिगको फाइनलमा पुग्दा उनको ३७ बलमा ७१ रनको योगदान जोडेका थिए । बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वेबाट क्रिकेट खेलेका थिए ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । क्लबले जारी गरेको सूचनामा उनको आगमनले लिगमा उर्जा थपिने बताइएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका