जोडिनुहोस
  • होमपेज
  • लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं। आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा ९ बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटाएको थियो।

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ। यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो।

टीयू ग्राउन्डमा त्यतिबेला पहिलो खेलमा तीन र दोस्रो खेलमा २ विकेटले स्कटल्याण्ड पराजित भएको थियो।अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।

लिग–२ मा ९ खेल खेल्दा केवल १ जितसहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएई सम्मिलित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका