जोडिनुहोस
  • होमपेज
  • अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा

अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।

नेपालको जितका लागि प्रतीश जिसी एक्लैले तीन विकेट लिए र उनी प्लेर अफ दी म्याच बने। यस्तै लोकेश बम र विवेक यादवले एकएक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपाललले २ विकेट गुमाएर १११ रन बनाएको थियो। नेपालका लिग कप्तान सन्दीप जोराले १६ बलमा ४ छक्का र ५ चौका मद्दतमा ५१ रनको योगदान गरे। उनको यो लगातार दोस्रो अर्धशतक हो।

यस्तै लोकेश बमले ३३, विवेक यादव र रसिद खानले १२१२ रन जोडे भने नारायण जोशी एक रनमा नटआउट रहे। अष्ट्रेलियाका ज्याक उडले २ विकेट लिए।

समूह बीमा रहेको नेपाले यसअघि पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो। यससँगै यो समूहमा नेपाल शीर्ष स्थानमा रहँदै हङकङ सिक्सेसको क्वार्टरफाइनलमा पुगेको छ।

क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग आजै खेल्दैछ। समूह ‘बी’ मा अष्ट्रेलिया र इङ्ग्ल्याण्ड दुवैलाई हराउँदै नेपाल समूह विजेतासमेत बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका