जोडिनुहोस
  • होमपेज
  • चर्चित खेलाडी शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध

चर्चित खेलाडी शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध

काठमाडौं। भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन् । उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो ।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत धवनसँगको सम्झौताबारे जानकारी गराएको छ । कर्णालीबाट एनपिएल खेल्ने शिखर धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । सम्झौताअनुसार धवनले कम्तिमा चार खेल खेल्नेछन् । यसपछि यहाँको माहोलसँगै समय भएको खण्डमा थप खेल खेल्न सक्नेछन् ।

नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्य अनुभव गर्ने लक्ष्यसहित धवनले पशुपतिनाथ मन्दिर दर्शन गर्ने र एभरेस्ट बेस क्याम्पको यात्रा गर्ने योजना बनाएका छन् । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले धवनको आगमनलाई नेपाली क्रिकेटका लागि एक ठूलो अवसरको रूपमा लिएका छन् ।

कर्णाली याक्सले यसअघि तीन विदेशी खेलाडीहरूवेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसैन तलात, र हङकङका बाबर हायतलाई टोलीमा समावेश गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका