जोडिनुहोस
  • होमपेज
  • विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीलाई एनपीएलका ८ टोलीले संयुक्त रूपमा १० लाख दिने

विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीलाई एनपीएलका ८ टोलीले संयुक्त रूपमा १० लाख दिने

काठमाडौं। विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।

युवा टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको सम्मानका लागि एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले संयुक्त रुपैयाँ १० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

गएको बुधवार भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्षको जनवरी महिनामा मलेसियामा आयोजना हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका