जोडिनुहोस
  • होमपेज
  • साताको पहिलो दिन नेप्से परिसूचक १३‍.०३ अंकले घट्यो

साताको पहिलो दिन नेप्से परिसूचक १३‍.०३ अंकले घट्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार २६६७ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३‍.०३ अंक घटेको हो। कारोबार रकम पनि घटेको छ।

अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो।५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो। दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे। लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे।

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे। जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे।

थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो। ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो।

माहुली लघुवित्तको ६.३, नारायणी डेभलपमेन्ट बैंकको ५.८, नेपाल फाइनान्सको ५.३४ र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका