जोडिनुहोस

धार्मिक

आज वर्षको पहिलो एकादशी

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, जेष्ठ २५, २०८३
आज वर्षको पहिलो एकादशी

काठमाडौं। मार्गशीर्ष कृष्ण पक्ष​को एकादशी अर्थात् उत्त्पत्तिका एकादशी। मंगलबार वर्षकै पहिलो एकादशी मनाइँदैछ। पञ्चाङ्गमा एकादशी तिथि ५३ घडी ३८ पला छ।

एकादशीको व्रत सुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा सुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।

यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहात्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि यो तिथिमा गर्न हुने र नहुने कामका विषयमा उल्लेख पाइन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका