जोडिनुहोस
  • होमपेज
  • एसिया कप खेल्ने यु–१९ टिमको बिदाइ आज हुँदै

एसिया कप खेल्ने यु–१९ टिमको बिदाइ आज हुँदै

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गर्दैछ।

हेमन्त धामीको कप्तानीमा आइतबार मात्र युएई जाने १५ सदस्यीय टोलीको घोषणा गरेको क्यानले मंगलबार बिदाइ कार्यक्रमको आयोजना गरेको हो। नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको हो।

धामीको कप्तानीमाघोषणा भएको टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् भने अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

प्रमुख प्रशिक्षक शक्ति गौचन हुन् भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिएको छ। एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्।नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छन्। सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका