जोडिनुहोस
  • होमपेज
  • रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं। लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको हो।

लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो। ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको गोल निर्णायक भएपछि लिभरपुल विजयी भएको हो।

च्याम्पियन्स लिगमा लिभरपुलको यो पाँचौं जित हो। ऊ अहिलेसम्म अपराजित छ। रियलको भने यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा एसी मिलानसँग पराजित भएको थियो।

जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट १५ अंक जोडेको छ। रियल मड्रिड २४ औं स्थानमा छ। उसको ६ अंक छ।

१३ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ। गएराति नै एस्टन भिल्ल र युभेन्ट्सले गोलरहित बराबरी खेले भने रेड स्टार बेलग्रेडले स्टुटगार्टलाई ५–१ गोलले पराजित गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका