जोडिनुहोस
  • होमपेज
  • श्रीलंकाको पहिलो विकेट पतन, हेमन्तको नाममा पहिलो विकेट

श्रीलंकाको पहिलो विकेट पतन, हेमन्तको नाममा पहिलो विकेट

काठमाडौं। एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो विकेट लिएको छ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर बलिङ गरेको नेपालले ओपनर पुलिन्दु परेरा आउट भएका छन्। उनलाई नेपालका कप्तान हेमन्त धामीले पेभिलियन फर्काए।

हेमन्तको बलिङमा परेरा २ रन बनाएर सन्तोष यादवबाट क्याचआउट भए। उनले सात बल खेलेका थिए। प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो। सो सिरिज ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ।

बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। हालसम्म ८ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर–नाइन्टिन टोली १ पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका