जोडिनुहोस
  • होमपेज
  • शिखर धवनले ७२ रन जोड्दा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

शिखर धवनले ७२ रन जोड्दा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । बुधबारको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

कर्णालीका लागि ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा ४ चौका र ५ छक्क प्रहार गरे । अर्जुन घर्तीले ४, गुल्शन झाले १२, बाबर हायतले १३, च्याडविक वाल्टनले २१ र देव खनाल शून्यमा आउट भए । र, जिशन मक्सुद १४ रनमा अविजित रहे ।

काठमाडौं गुर्खाजका लागि गेर्हार्ड इरास्मसले २ तथा कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १–१ विकेट लिए । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका