जोडिनुहोस
  • होमपेज
  • विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं। विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो।

विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे।

बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए।

पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका