जोडिनुहोस
  • होमपेज
  • क्रिकेटबाट सन्यास लिने सन्दीप लामिछानेको संकेत, लेखे भावुक स्टाटस

क्रिकेटबाट सन्यास लिने सन्दीप लामिछानेको संकेत, लेखे भावुक स्टाटस

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने अड्कललाई बल पुर्‍याउन खालको स्टाटस लेखेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका हुन् ।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईँको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ’, भनेर लेखेका छन् ।

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनु परेको थियो । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् । भर्खरै सकिएको एनपीएल कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भए । जय ट्रफीमा भने उनको प्रदर्शन औसत रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका