जोडिनुहोस
  • होमपेज
  • केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखी हुने, विजेताले १५ लाख पाउने

केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखी हुने, विजेताले १५ लाख पाउने

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ११ देखि १९ गतेसम्म हुने भएको हो ।

प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले बताए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका