जोडिनुहोस
  • होमपेज
  • बडा दशै २०८२ को शुभसाईतहरु

धार्मिक

बडा दशै २०८२ को शुभसाईतहरु

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, भदौ २, २०८३
बडा दशै २०८२ को शुभसाईतहरु

नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत विजया दशमी आगामी असोज १६ गते बिहिवारका दिन बिहान ०९ बजेर २३ मिनेटमा नवदुर्गा पूजा विसर्जन गरिसकेपछि साइत खोजेरै टीका लगाउनेहरूका लागि माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।

यस दिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने र पश्चिम फर्किएर टीका लगाइदिने व्यक्तिले आशीर्वाद दिए सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन । विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ यो प्रसाद विजया दशमी देखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

त्यसअघि असोज ६ गते सोमवारका दिन घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्नभिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साइत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।

घटस्थापनाको दोस्रो दिन ७ गते मंगलवार बिहान सरकारी कार्यालय, सुरक्षा निकाय, कूटनीति नियोगहरूमा बिहान ०९ बजेर ५३ मिनेटमा पूर्व मोहडा गरेर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । असोज १३ गते फूलपाती परेको छ । फूलपाती भित्र्याउने उत्तम साइत भने बिहान ७ बजेर १७ मिनेट रहेको छ। त्यस्तै असोज २० गते कोजाग्रत पूर्णिमा दिन दिनभरिनै जुनसुकै बेला पनि जमरा सेलाउन सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका