जोडिनुहोस

आर्थिक

५०.७३ अंकले घट्यो नेप्से

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, साउन १४, २०८३
५०.७३ अंकले घट्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ। साताको कारोबारको पहिलो दिन नेप्से उक्त अंकले गिरावट आएर २ हजार ६३७.७९ को बिन्दुमा झरेको हो।

यस दिन २ करोड ४८ लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३३ करोड भन्दा बढीको कारोबार भएको छ। नेप्से घटेको दिन ३ वटा कम्पनीको शेयरमा भने सकारात्मक सर्टिक लागेको छ। रिभर फल्स पावर, हिमालय हाइड्रो र रावा इनर्जी डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको हो। तर, २५६ कम्पनीको शेयर भने घाटामा कारोबार भएको छ।

नेप्सेका अनुसार आज १३ वटै उपसूचकहरु रातै भएका छन्। जसमा निर्जीवन बिमा कम्पनीतर्फका कम्पनीको शेयरमा सबै भन्दा बढी गिरावट आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका