जोडिनुहोस
  • होमपेज
  • विश्वकप लिग–२ सिरिजः नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै

विश्वकप लिग–२ सिरिजः नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ।

नेपालले आज आयोजक क्यानडाविरुद्व सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि ओन्टारियोस्थित किङ सिटी स्टेडियममा हुँदै छ।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा गएको छ। नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन्।

नेपालले लिग–२ मा अहिलेसम्म ४ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ। फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४÷२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो ।

नेपालले दुवै टोलीसँग समान दुई खेल खेलेको थियो। नामिबियासँग दुवैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका