जोडिनुहोस
  • होमपेज
  • नेपाल र ओमानबीचको खेल रद्द

खेलकुद

नेपाल र ओमानबीचको खेल रद्द

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, साउन १४, २०८३
नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौं। लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजको खेल रद्द भएको छ।

निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलबार नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाडेका छन्।

त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो।

ओमानलाई हराउँदै लिग २ मा नेपाल दोस्रो जित दर्ता गराउने लक्ष्यमा रहेको थियो। यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो।

लिग २ को अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। ओमान ७ खेलमा ६ अंकका साथ छैटौँ स्थानमा छ।

ओडीआई सिरिज पछि नेपालले क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिज खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका