जोडिनुहोस
  • होमपेज
  • एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

एनपीएल फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं। नेपाल प्रिमियर लिग फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदुले फेरि एकपटक नेपाल आउन पाउँदा उत्साहित भएको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक रहेका पुबुदुसँग नेपाल र क्यानडालाई दुई पटक र एक पटक अमेरिकी राष्ट्रिय टिमको प्रशिक्षाको जिम्मेवमारी सम्हालेको अनुभव छ । श्रीलंकाली मुलका क्यानडियन नागरिक पुबुदुको प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

५४ वर्षीय पुबुदुकै प्रशिक्षणमा क्यानडाले एकदिवसीय मान्यता पाउनुका साथै टी–२० विश्वकप खेलेको थियो भने अमेरिकाले समेत पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । श्रीलंका र क्यानडा दुवै देशबाट त्रिकेट खेलेका पूर्व विकेटकिपर ब्याटर पुबुदु नेपालको कन्डिसनबारे राम्रो सँग जानकार छन् ।

पहिलो संस्करणको एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका