जोडिनुहोस
  • होमपेज
  • नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी२० आई सिरिज क्लिनस्वीप गरेको छ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो। पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो।

आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो।

नेपालका आसिफ शेख ५० र अनिल साह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे।

अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले समान एक विकेट लिए। यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे। अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए।

यसअघि लिग–२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो। अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका