जोडिनुहोस
  • होमपेज
  • आईसीसी विश्वकप लिग–२ः नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

आईसीसी विश्वकप लिग–२ः नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे सुरु हुने छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुईदुई खेल खेल्ने छ। नेपाल आईसीसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन।

अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ।

आईसीसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका