जोडिनुहोस
  • होमपेज
  • साफ महिला च्याम्पियनशिपः भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

साफ महिला च्याम्पियनशिपः भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

काठमाडौं। भुटानलाई हराउँदै साविक विजेता बङ्गलादेश दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १ गोल गरे । भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह ’ए’ को विजेता र भुटान समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी साढे ६ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल समूह ’बी’ को विजेता बन्दै र भारत समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका