जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

सुनको मूल्यमा आज गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं। सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ। हिजो तोलामा १ हजार ४ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ कायम छ। हिजो सुनको मूल्य १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो।

शुक्रबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुन हिजो एकैदिन १४ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ घटेर २ हजार ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका