जोडिनुहोस
  • होमपेज
  • महिला फुटबल टोलीसँग प्रधानमन्त्री

महिला फुटबल टोलीसँग प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्।

भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग।’ बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

उक्त खेल हेर्न प्रधानमन्त्री ओली पनि दशरथ रंगशाला पुगेका थिए। उपाधि नजिते पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै प्रधानमन्त्रीले बुधबार राति नै फेसबुकमार्फत प्रशंसा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका