जोडिनुहोस
  • होमपेज
  • एनपीएलः श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलन्था जनकपुर बोल्ट्सबाट खेल्ने

एनपीएलः श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलन्था जनकपुर बोल्ट्सबाट खेल्ने

काठमाडौं। श्रीलंकन मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

जनकपुरले चौथो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर मिलन्थालाई अनुबन्ध गरेको हो । ३० वर्षीय मिलन्थाले श्रीलंकाको घरेलु क्रिकेटसहित श्रीलंका ए बाट पनि खेलेका छन् ।

लुम्बिनी अलस्टार्स नेपाल टी–ट्वान्टी लिग खेलेका मिलन्थासँग नेपालमा खेलेको अनुभव समेत छ । उनले ४६ टी–ट्वान्टीमा १ हजार ८२ रन बनाएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प र अमेरिकाकै मोहम्मद मोहसिनलाई विदेशी खेलाडीको रुपमा अनुबन्धित गरिसकेको छ । जनकपुरले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका