जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन्स लिगः इन्टर मिलानसँग आर्सनल १–० गोलले पराजित

च्याम्पियन्स लिगः इन्टर मिलानसँग आर्सनल १–० गोलले पराजित

काठमाडौं। च्याम्पियन्स  लिगमा इंग्लिस क्लब आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १–० गोल अन्तरले पराजित भएको छ । यससँगै यस सिजन च्याम्पियन्स लिगमा आर्सनलको अपराजित दौड समाप्त भएको छ । सान सिरोमा विवादास्पद पहिलो हाफको पेनाल्टीले इन्टर मिलानलाई स्पस्ट ३ अंक दिलायो ।

ब्रेकको केही सेकेन्डअघि मिकेल मेरिनोले बक्सभित्र बल ह्ययान्डल गरेपछि घरेलु टोली यन्टरले पेनाल्टीको अवसर पाएको थियो । तर मेरिनोले बल ह्यान्डल गरेको अस्विकार गरेपछि भीआरको प्रयोग गरिएको थियो । हाकान काल्हानोग्लुले आत्मविश्वासका साथ पेनाल्टी सुट गर्दै त्यसलाई गोलमा परिणत गरेपछि इन्टरले अग्रता बनायो ।

तर त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि हाकानको गोलनै निर्णायक बन्यो । यस जितसँगै इन्टर च्याम्पियन्स लिगको पाँचौं स्थानमा उक्लिएको छ । उसले ४ खेलमा १० अंक जोडेको छ । समान खेलमा ७ अंकसहित आर्सनल १२ औं स्थानमा छ ।

क्लब ब्रुगले एस्टन भिल्लालाई १–० ले पराजित गर्यो । शाख्तर डोनेस्कले योङ बोइजलाई ३–१, एट्लेटिको मड्रिडले पीएसजीलाई २–१ र बायर्न म्युनिखले बेन्फ्रिकालाई १–० ले पराजित गर्यो । राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका