जोडिनुहोस
  • होमपेज
  • चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह

काठमाडौं। अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गरेकी हुन् ।

चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उनले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गरेको बीबीसीले जनाएको छ ।

उनले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताए । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उनको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गरिन् ।

ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनलाई निरन्तर सहयोगलगायतका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका