जोडिनुहोस
  • होमपेज
  • यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य, कृष्मा गुरुङले एकै ओभरमा ३ विकेट लिइन्

यूएईले नेपाललाई दियो ८४ रनको लक्ष्य, कृष्मा गुरुङले एकै ओभरमा ३ विकेट लिइन्

काठमाडौं। आईसीसी १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कृष्मा खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले यूएईलाई हराएर मात्रै पुग्दैन, राम्रो रन रेटमा हराउनुपर्ने हुन्छ ।

चार वटा देश सहभागी प्रतियोगितामा यूएई ५ वटै खेल जित्दै १० अङ्कसहित शीर्ष स्थानमा छ । यूएईको नेट रन रेट ४ दशमलव ७९१५ रहेको छ । नेपाल ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको नेट रन रेट ४ दशमलव ३३०० रहेको छ । यदि यूएईसँग पराजित भएमा १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्ड र कुवेत दुवै टोली विश्वकपमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका